राष्ट्र निर्माणका प्रयास र चुनौतीहरु


राष्ट्र निर्माणका लागि नेपालमा भएका प्रयासहरू उल्लेख गर्दै राष्ट्र निर्माणका सन्बन्धमा देखा परेका चुनौतीहरू बारेमा संक्षिप्त टिप्पणी गर्नुहोस ।

उत्तर :
राष्ट्र निर्माण
राष्ट्र भनेको जनता भएकोले जनताको सन्तुष्टि, क्षमता विकास, भाईचाराको वृद्धि, सामाजिक सम्बन्धमा बढोत्तरी गर्ने कार्य नै राष्ट्र निर्माण हो ।
**   
राष्ट्र निर्माण राष्ट्रको पहिचान, स्वतन्त्रता, राष्ट्रिय मर्यादा र सकारात्मक दृष्टिकोणसँग पनि सम्बन्धित छ ।
**   
अन्तराष्ट्रिय मान्यता र सम्मान राष्ट्र निर्माणका विभिन्न सम्मान राष्ट्रिय एकता, बहुलवादको संरक्षण, राष्ट्रिय सम्पदाको संरक्षण, राष्ट्रिय मूल्य, मान्यता, संस्कृतिको जगेर्ना गर्ने कार्य समेत राष्ट्र« निर्माणको विषय हो ।
 
नेपालमा राष्ट्र निर्माणका लागि भएका प्रयासहरू :
**   
नेपालको एकिकरण सँगै जातिय, भाषिक आत्मियताको वृद्धि भएको,
**   
संविधानमा नै राष्ट्र भनेको जनताकै हो भन्ने स्पष्ट पारिएको,
**   
जनताको लागि लड्ने, त्याग गर्नेको सम्मान, शहिद घोषणा, राष्ट्रिय विभुतीहरूको घोषणा र सम्मान,
**   
विभिन्न चाड पर्व, भाषाभाषि, जातजाति आदिलाई राष्ट्रिय मान्यता,
**   
नेपाल एक वहुजातिय, बहुभाषिय स्वतन्त्र राष्ट्रको रूपमा संवैधानिक प्रत्याभूती ।
**   
राष्ट्रिय चिन्हहरू,राष्ट्रिय गान, राष्ट्रिय दिवस लगायत राष्ट्रको महत्व र आत्म सम्मान झल्किने कुराहरूलाई ब्यवस्थित गरिएको छ ।
नेपालमा राष्ट्र निर्माणका चुनौतीहरू :
**   
नागरिकता र परिचयपत्र जस्ता विषयमा विवाद सिर्जना हुनु ।
**   
जातीय,भाषिक,धार्मिक विवादहरू रहनु ।
**   
सांस्कृतिक पलायन र आयातित संस्कृतिको अन्ध अनुकरण,
**   
भाषिक विचलनको अवस्था,
**   
सामाजिक सम्बन्धमा मनोवैज्ञानिक द्वन्द्व रहनु ।
**   
वास्तविक सहिदको अपमान हुने गरी जथाभावी सहिद घोषणा,राष्ट्रिय झण्डाको दुरूपयोग र विवाद,
**   
ऐतिहासिक शालिक,मठ मन्दिर र धरोहर उपर प्रहार, आदिले राष्ट्र निर्माणको पक्षलाई कमजोर बनाएका छन् ।
अन्तमा :
   
राष्ट्र निर्माण जनताको क्षमता, सम्बन्ध, भाईचारा र सशक्तिकरणसँग सम्बन्धित विषय हो । राज्यको क्षमता विकास हुने, आर्थिक समृद्धि पनि हासिल हुने तर जनताको सन्तुष्टी, अपनत्व, सम्बन्ध आदिको खडेरी हुन थाल्यो भने राज्यको समृद्धिबाट प्राप्त उपलब्धीको अर्थ रहँदैन् । नेपालको एकिकरण पश्चात फरक फरक भाषा, संस्कृति र मूल्य मान्यताबाट सामाजिक एकताको सूत्रमा ल्याउन पक्कै पनि लामो समय लागेको थियो तर आज भएका सामाजिक संरचना खल्वल्याउने, जातीय, भाषिक विखण्डन ल्याउने गरी राज्यको पुनसंरचना प्रयास भएको  वर्तमान अवस्थाको हिसाबले यो प्रमुख चुनौती नै रहेको हुँदा जिम्मेवार पक्षद्वारा त्यत्तिकै महत्वका साथ यसलाई हेरिनुपर्छ ।

विस्तृत लेखन तथा अध्ययनको लागि यो लिङ्कमा जानुहोस । pramodmainali2ndpaper.blogspot.com

Comments

Popular posts from this blog

शासनको अवधारणा, पक्षहरु र विशेषताहरु

राष्ट्र निर्माण र राज्य निर्माणका फरक