Posts

Showing posts from October, 2018

राष्ट्र निर्माणका प्रयास र चुनौतीहरु

राष्ट्र निर्माणका लागि नेपालमा भएका प्रयासहरू उल्लेख गर्दै राष्ट्र निर्माणका सन्बन्धमा देखा परेका चुनौतीहरू बारेमा संक्षिप्त टिप्पणी गर्नुहोस । उत्तर : राष्ट्र निर्माण राष्ट्र भनेको जनता भएकोले जनताको सन्तुष्टि , क्षमता विकास , भाईचाराको वृद्धि , सामाजिक सम्बन्धमा बढोत्तरी गर्ने कार्य नै राष्ट्र निर्माण हो । **    राष्ट्र निर्माण राष्ट्रको पहिचान , स्वतन्त्रता , राष्ट्रिय मर्यादा र सकारात्मक दृष्टिकोणसँग पनि सम्बन्धित छ । **    अन्तराष्ट्रिय मान्यता र सम्मान राष्ट्र निर्माणका विभिन्न सम्मान राष्ट्रिय एकता , बहुलवादको संरक्षण , राष्ट्रिय सम्पदाको संरक्षण , राष्ट्रिय मूल्य , मान्यता , संस्कृतिको जगेर्ना गर्ने कार्य समेत राष्ट्र « निर्माणको विषय हो ।   नेपालमा राष्ट्र निर्माणका लागि भएका प्रयासहरू : **    नेपालको एकिकरण सँगै जातिय , भाषिक आत्मियताको वृद्धि भएको , **    संविधानमा नै राष्ट्र भनेको जनताकै हो भन्ने स्पष्ट पारिएको , **    जनताको लागि लड्ने , त्याग गर्नेको सम्मान , शहिद घोषणा , राष्ट्रिय विभुतीहरूको घोषणा र स...

राष्ट्र निर्माण र राज्य निर्माणका फरक

राष्ट्र निर्माण भनेको के हो ? राष्ट्र निर्माण र राज्य निर्माण वीच केकस्तो फरक तथा अन्तर सम्बन्ध रहेको पाउनु हुन्छ चर्चा गर्नुहोस । उत्तर: राष्ट्र निर्माण कुनै पनि राष्ट्र का नागरिक हरूवीच राष्ट्रिय भावना जागृत भई एकताको सुत्रमा आवद्धता भएको अवस्था नै राष्ट्र हो । कुनै पनि मुलुकले आफ्नो राष्ट्रको इज्जत , मान , प्रतिष्ठाको अभिवृद्धी गर्दै मुलुकको संवेदनशिलतालाई महसुश गरी हरेक व्यक्तिले गर्व महशुस गर्न सक्ने अवस्थाको सृजना गर्नुलाई राष्ट्र निर्माण भनिन्छ । राज्यका प्रति आम नागरिकको माया ममता र अपनत्व कायम गर्दै समग्र मुलुकाको प्रगति र उन्नतीका निमित्त एकिकृत रूपमा राष्ट्रिय सम्मान अभिवृद्ध गर्ने दिशामा गरिएको ऐक्यबद्धता नै राष्ट्र निर्माण हो । नेपालको संविधान २०७२ मा व्यवस्था भएअनुसार “ वहुजातिय, वहुभाषिक, वहुधार्मिक, वहुसांस्कृतिक विशेषतायुक्त भौगोलिक विविधतामा रहेका समान आँकाक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धप्रति आस्थावान रही एकताको सुत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा   राष्ट्र हो । “ भनि परिभाषित गरिएको छ । राष्...

सुशानका पक्ष र नेपालको स्थिति

प्रश्न नं : २. सुशासनका विभिन्न पक्षहरु उल्लेख गर्दै नेपालको शासन ब्यवस्थालाई ती पक्षहरुको आधारमा विश्लेषण गर्नुहोस् उत्तर : सुशासन     सरकारद्वारा राज्यको संचालन एवं ब्यवस्थापनका लागि गर्ने कार्य तथा अपनाउने कार्यशैली शासन हो । शासन संचालनको प्रकृयामा संलग्न शासकीय पात्रहरुमा निहित शक्ति , अधिकार र दायित्वको प्रयोग नागरिक सन्तुष्टी सापेक्ष गर्ने शासन प्रणाली नै सुशासन हो । जनताको वृहत्तर हित हुने गरी संचालित शासन नै सुशासन हो । सुशासनका पक्षहरु     सुशासन शासन प्रणालीसंग प्रत्यक्ष सरोकार राख्ने विषय भएकोले यसले वहुआयमिकता र बहुपक्षीयता अंगालेको हुन्छ । यसका प्रमुख पक्षहरु निम्न छन् : – –    राजनैतिक पक्ष : – राजनैतिक रुपमा बैधानिक शासन , प्रजातान्त्रिक मूल्य , मान्यता , बहुलवाद , जनसहभागीता जस्ता पक्षहरु सुशासनका राजनैतिक पक्ष हुन् । –    सामाजिक पक्ष : – सामाजिक न्याय र समानता , समावेशीकरण सशक्तिकरण , नागरिक अधिकार र मानव विकास जस्ता पक्षहरु सुशासनका सामाजिक पक्ष अन्र्तगत पर्दछन् । –   ...

शासनको अवधारणा, पक्षहरु र विशेषताहरु

प्रश्न नं:१. शासनका आधारभूत पक्षहरु के-के हुन् ? शासनको अवधारणा र यसका विशेषताहरु उल्लेख गर्नुहोस् । उत्तर :                                                                                     शासनको अवधारणा ·          राज्यको उत्पत्तिसँगै शासनको अवधारणाको शुरुवात भएको हो । ·          सामान्य अर्थमा राज्यसंचालनका क्रममा सरकारले जे गर्दछ , त्यो नै शासन हो । ·          राज्य संचालन गर्ने क्रममा सरकारले अपनाउने विधी , प्रक्रिया , मापदण्ड र कार्यशैलीक...