शासनको अवधारणा, पक्षहरु र विशेषताहरु
प्रश्न
नं:१. शासनका आधारभूत पक्षहरु के-के हुन्? शासनको अवधारणा र यसका विशेषताहरु
उल्लेख गर्नुहोस् ।
उत्तर :
शासनको अवधारणा
·
राज्यको उत्पत्तिसँगै शासनको अवधारणाको शुरुवात भएको हो ।
·
सामान्य अर्थमा राज्यसंचालनका क्रममा सरकारले जे गर्दछ, त्यो नै शासन हो ।
·
राज्य संचालन गर्ने क्रममा सरकारले अपनाउने विधी, प्रक्रिया, मापदण्ड र कार्यशैलीको
समग्रतालाई शासन भनिन्छ ।
·
शाब्दिक रुपमा ग्रीक भाषाको Kubernao शब्दबाट आएको शासन (governance) शब्दको अर्थ राज्य प्रणाली
र स्रोतसाधनको “परिचालन
र दिशानिर्देश गर्नु” भन्ने
बुझिन्छ ।
·
परम्परागत मान्यतामा शासन भन्नाले राज्यले भय शक्तिको प्रयोग गर्दै
नागरिकहरुलाई आफूप्रति
बफादार राख्दै नियन्त्रण र निर्देशन गर्ने प्रणालीका रुपमा बुझिन्थ्यो ।
·
आधुनिक राज्यप्रणालीमा शासन शब्दले नागरिक
प्रतिनिधीहरुद्वारा जनहितका
लागि सर्वजनिक स्रोतहरुको परिचालन, सार्वजनिक मामिलाहरुको ब्यवस्थापन क्रियाकलापहरुलाई
समेट्दछ ।
·
समग्रमा राज्यको नियमन गर्ने, ब्यवस्थापन गर्ने, जनहितका लागि जनपरिचालन र सेवाप्रवाह गर्ने
सरकारका तिनवटै अंगहरुको कार्यप्रणालीको एकिकृत र ब्यवहारिक रुप नै शासन हो ।
शासनका आधारभूत पक्षहरु
शासन प्रणालीका अभिन्न अंगका रुपमा
रहेका विविध पक्षहरुलाई शासनका आधारभूत पक्षका रुपमा लिईन्छ ।
मुख्य पक्षहरु बुँदागत
रुपमा यसप्रकार छन् :–
·
नागरिक सर्वोच्चता :– नागरिकहरु नै राज्यका सर्वोच्च शक्ति
भएकोले शासन उनीहरुको इच्छामा मात्र संचालन हुन सक्दछ । साथै नागरिक हक अधिकारको
प्रत्याभूति शासन प्रणालीको आधारभूत पक्षका रुपमा रहेको हुन्छ ।
·
शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलन :– शासन सरकारका अंगहरुमा
कार्यविभाजन भई संचालन हुने र हरेक अंगका परिभाषीत अधिकार अन्र्तगत संचालन हुने गर्दछ
। साथै, अंगहरुवीचमा
संविधान र कानसनद्वारा
नै नियन्त्रण र सन्तुलनको ब्यवस्था मिलाईएको हुन्छ ।
·
कानुनको शासन :– कानुनलाई आत्मसात गर्दै
शासन संचालन गरिने भएकोले कानुनको पालना र प्रयोग शासनको महत्वपूर्ण पक्ष हो ।
·
बहुपात्र, समन्वय र वहुपक्षीय
सम्बन्ध :– शासन
प्रणालीको अभिन्न पक्षका रुपमा राज्य वाहेकका राष्ट्रिय÷अन्तर्राष्ट्रिय क्षेत्रका
पात्रहरुसंगको समन्वय तथा सुमधुर सम्बन्ध र सहकार्य रहेको हुन्छ ।
·
दुरदृष्ट्रियुक्त कार्यशैली :– शासनले राज्यसंचालन
संगसंगै राज्यको गन्तब्य समेत निर्धारण गर्ने भएकोले शासनले दुरदृष्टियुक्त
कार्यशैली तय गरेको हुन्छ ।
यसका साथै सार्वजनिक सेवा प्रवाह, सामाजिक उत्तरदायित्व, लोकतन्त्र र सुशासन, शान्तिसुरक्षा र अमनचयन
आदि जस्ता पक्षहरुसमेत
शासनका आधारभूत पक्षका रुपमा रहेका हुन्छन्
शासनका विशेषताहरु
शासन वा शासन प्रणालीका मुख्य
विशेषताहरु निम्नानुसार उल्लेख गर्न सकिन्छ :–
·
शासन राज्यशक्तिको प्रयोग गर्ने वैधानिक र जीवन्त अंग सरकार
र यसका अंगहरु मार्फत संचालन गरिन्छ ।
·
सार्वभौमसत्ता सम्पन्न नागरिक प्रतिनिधिद्वारा नागरिक सर्वोच्चता र हित अनुकुल
सावधानीपूर्वक शासनको अभ्यास गरिन्छ ।
·
शासन राज्यको अस्त्तिव संगै निरन्तर चलिरहने प्रणाली हो ।
·
राज्य प्रणालीको जीवित मस्तिष्क, आत्मा र नेतृत्वको रुपमा शासन
रहेको हुन्छ ।
·
शासन बहुक्षेत्र, वहुपात्र र वहुविधासंग सरोकार राख्ने वहुल उद्धेश्य
र अपेक्षाहरु भएको विषय हो ।
·
शासनको कार्यक्षेत्र राज्यको क्षेत्र, दायरा र शक्तिसंग जोडिएको
हुन्छ ।
यसप्रकार
शासन सरकारको गुण, राज्यको
आदर्श त्तव र राज्यशक्तिको
प्रयोग गर्ने शैलीका रुपमा उल्लेखित आधारभूत पक्ष र विशेषतायुक्त प्रणालीका रुपमा
रहेको हुन्छ ।
विस्तृत लेखन तथा अध्ययनको
लागि यो लिङ्कमा जानुहोस । pramodmainali2ndpaper.blogspot.com
Good job sir keep it up
ReplyDeletethanks for supporting us....
ReplyDeleteThanks u sir
ReplyDeleteTq sir
ReplyDelete